नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नोटको रङ फेरेर आजदेखि नयाँ मुद्रा बजारमा ल्याउँदै छ । तथापि, एक हजार दरका नोटको आकार तथा चिह्न, संकेतहरू भने यथावत् नै रहनेछन् । राष्ट्र बैंकका अनुसार परिवर्तित नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रंग रहनेछ ।
ट ९२–०००००१ संकेत नम्बरदेखि त ५० ९९९९९९ सम्म भएको बैजनी रङसहितको विशेषताहरू भएको नोट ८ असोज २०८३ देखि बजारमा चलनचल्ची ल्याइएको राष्ट्र बैंकले जनाएको छ । नोटको रङ किन बदलियो भन्नेबारे राष्ट्र बैंकले केही खुलाएको छैन ।
प्रकाशित मिति : २०८३ असोज ८ गते बिहीबार


प्रतिक्रिया दिनुहोस्