२०८३ असोज २५ , आइतबार

डोल्पाको जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना



नेपालगञ्जबाट डोल्पाको जुफालका लागि उडेको सीता एयरको जहाज जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुनबाट जोगिएको छ । अवतरणका क्रममा जहाजको पछाडिको दाहिनेतर्फको चक्का (टायर) फुत्किएर बाहिर निस्किएको थियो । बिहीबार बिहान ८ः२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजको पछाडिको दाहिने साइडको चक्का फुत्किएर बाहिर निस्किएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त जहाजमा ७ जना विदेशी नागरिक र ६ जना नेपाली गरी १३ जना सवार थिए । सवारमध्ये ११ जना पुरुष र २ जना महिला रहेको जनाइएको छ । चक्का फुत्किए पनि जहाजमा सवार सबै यात्रु सकुशल रहेको र अन्य कुनै क्षति नभएको राठौरले जानकारी दिए । जहाज अहिले विमानस्थलको रनवे मै छ । घटनापछि जहाज र त्यसमा सवार यात्रुको अवस्थाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असोज ८ गते बिहीबार
अरु पनि पढ्नुहोस्