सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा पुनः आगलागी भएको छ। आज भएको आगलागीबाट भवनभित्र रहेका कम्तीमा तीन वटा फाँटमा क्षति पुगेको छ। आगलागी भएको खबर पाएलगत्तै प्रहरी तथा दमकलको टोली घटनास्थलमा पुगेको थियो। टोलीले समयमै आगो नियन्त्रणमा लिएको जनाइएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् सर्ट सर्किटका कारण आगलागी भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताएका छन्। निर्माणाधीन नयाँ भवनमा छोटो समयमै आगलागी भएको यो दोस्रो घटना हो। यसअघि भदौ १७ गते राति पनि सोही भवनको अभिलेख शाखामा आगलागी भएको थियो।
प्रकाशित मिति : २०८३ भदौ ३१ गते बुधबार

प्रतिक्रिया दिनुहोस्