२०८३ असोज ५ , सोमबार

सुत्केरी बिदा ६ महिना बनाइँदै, बाबुलाई पनि ४२ दिन स्याहार बिदा दिने



कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महिलालाई ६ महिनाको तलबसहितको सुत्केरी बिदा दिने गरी कानून संशोधन तयारी भएको बताएकी छन् ।आज सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै उनले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन तयारी गरिएको बताएकी हुन् ।

मन्त्री गौतमका अनुसार ६ महिनाको तलबी बिदा आमालाई र बाबुलाई ४२ दिनसम्मको सुत्केरी स्याहार बिदा दिनेगरी कानून संशोधनको तयारी गरिएको हो ।उनले दिएको जानकारी अनुसार मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन मस्यौदा बनिसकेको छ । अब मस्यौदा मन्त्रिपरिषद् हुँदै संसदमा दर्ता तयारी गरिने उनले जानकारी दिएकी छन् ।

मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ सालमा बनेक‍ो ऐन हो ।यो ऐन अन्तर्गत सुत्केरी महिलाले सुत्केरी अघि र पछिको समय गरी ९८ दिनसम्मको विदा पाउने व्यवस्था रहेको छ भने, सुत्केरी स्याहारको लागि १५ दिनसम्मको बिदा बाबुले पाउने व्यवस्था ऐनमा छ ।

 

प्रकाशित मिति : २०८३ भदौ ३१ गते बुधबार
अरु पनि पढ्नुहोस्