२०८३ भदौ २६ , शुक्रबार

सिम्ता गाउँपालिकाले बाढीपीडितका लागि ३ लाख सहयोग गर्ने



सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकाले भोटेकोशी रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
गाउँपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले बाढीपीडितको राहतका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। पछिल्लो समय भोटेकोशी तथा रसुवामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ।
स्थानीय सरकारको तर्फबाट विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिने गाउँपालिकाले जनाएको छ।
कार्यपालिकाको निर्णयअनुसार गाउँपालिकाले ३ लाख रुपैयाँ कोषमा उपलब्ध गराउनेछ।

प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार
अरु पनि पढ्नुहोस्