२०८३ भदौ १३ , शनिबार

भाेटेकोशी बाढी अपडेट : ६ सय ६९ शव फेला, २ हजार ३ सय ७१ जनाको जिवितै उद्धार



काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीमा परेका ६ सय ६९ जनाकाे शव फेला परेका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको छ शनिबार अपराह्न ४ बजेसम्मको तथ्याङ्क अनुसार नवलपरासी पूर्वमा सबैभन्दा धेरै १५८ वटा शव फेला परेका छन् । यस्तै नवलपरासी पश्चिममा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१, चितवनमा २४८ र रसुवामा १३ वटा शव फेला परेका छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोज कार्यका लागि ४ हजार ८ सय ५४ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। विपद्का क्रममा २७ जना प्रहरी कर्मचारीहरूसमेत हालसम्म सम्पर्कविहीन रहेका छन् ।

यसैगरी बाढीमा परी घाइते भएका तथा उद्धार गरिएका व्यक्तिहरूको सङ्ख्या २ हजार ३ सय ७१ पुगेको छ। जसमा रसुवामा ६७६, नुवाकोटमा १६२२ र धादिङमा ३ जनाको उद्धार गरिएको छ।

नेपाल प्रहरीका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको सङ्ख्या १४० रहेको छ ।

प्रकाशित मिति : २०८३ भदौ १३ गते शनिबार
अरु पनि पढ्नुहोस्