सुर्खेत : रसुवा जिल्लामा आएको भीषण बाढीपछि कर्णाली प्रदेशका १३४ जना सम्पर्कविहीन रहेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयको विवरणअनुसार सम्पर्कविहीन हुनेमा १०८ जना पुरुष, १७ जना महिला, ६ जना बालक र ३ जना बालिकारहेका छन्। बाढी प्रभावित क्षेत्रमा सञ्चार तथा विद्युत् सेवा अवरुद्ध रहेकाले उनीहरूसँग तत्काल सम्पर्क हुन नसकेको जनाइएको छ।
जिल्लागत विवरणअनुसार सुर्खेतका ११, दैलेखका ५, जाजरकोटका ३, सल्यानका ४९, रुकुम पश्चिमका ३, जुम्लाका १२, हुम्लाका ८, डोल्पाका २, मुगुका १२ र कालिकोटका ४ जना रहेका छन्।
रसुवा क्षेत्रमा आएको बाढीका कारण रोजगारी, अध्ययन तथा अन्य कामका सिलसिलामा त्यहाँ पुगेका कर्णालीवासी प्रभावित भएका हुन्। बाढीपछि कर्णाली प्रदेश सरकारले पनी सो क्षेत्रमा रहेका आफ्ना नागरिकको अवस्थाबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी विवरण संकलनलाई तीव्रता दिएको छ।

प्रतिक्रिया दिनुहोस्