२०८३ भदौ ११ , बिहीबार

कर्णालीका पाँच जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह



सुर्खेत कर्णाली प्रदेशका पाँच जिल्ला बाढीको जोखिममा रहेका छन् । आज सुर्खेत,दैलेख जाजरकोट सल्यान, र पश्चिम रुकुम बाढीको जोखिममा रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। पछिल्ला दिनमा विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेकाले नदी तटीय तथा आसपासका बस्तीमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज बिहान कर्णालीसहित कोशी, नारायणी, बागमती र महाकाली लगायतका प्रमुख नदी तथा कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्तीलगायत सहायक नदीको बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ।तर, आगामी तीन दिन धेरै नदीमा बहाव सामान्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ। विशेषगरी कर्णाली नदी सँगै सुनकोशी, नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र कालीगण्डकी नदीमा बहाव उल्लेख्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ। महाशाखाले नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले खोला क्षेत्रमा बसोबास गर्ने नागरिकलाई जोखिम स्थानमा नजान, सुरक्षित रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको सूचनालाई ध्यान दिन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ भदौ ११ गते बिहीबार
अरु पनि पढ्नुहोस्