प्रधानमन्त्री वालेन्द्र शाह बाढि प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका छन् । बिहिबार बिहान सडकमार्ग हुँदै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन्।
बुधबार रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रहरूमा क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन निरन्तर सक्रिय रहँदै आएका छन्। बाढीलगत्तै उनले उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायलाई आवश्यक निर्देशन दिनुका साथै कार्यसम्पादनमा निरन्तर सहजीकरण गर्दै आएछन्।
निरीक्षणका क्रममा प्रधानमन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग तत्काल राहत, पुनःस्थापना तथा अवरुद्ध पूर्वाधार सञ्चालनका विषयमा छलफल गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्