२०८३ भदौ १० , बुधबार

रसुवामा ३ प्रहरी चौकी बगायो, नुवाकोटको कारागार डुबायो



रसुवामा आएको बाढीका कारण नेपाल प्रहरीका तीनवटा चौकी बगाएको छ । ३५ प्रहरी अझै सम्पर्कबाहिर छन् । प्रहरी प्रधान कार्यालयबाट प्राप्त अपडेटअनुसार बुधबार विहान ९ः१५ बजे रसुवागढी गाउँपालिका २ स्थित इप्रका टिमुरे, प्रहरी चौकी रसुवागढी र स्याफ्रुबेसी सम्पर्कमा नभएको तथा इप्रका समेत बाढीको कारण बगाएको छ ।

त्यसमध्ये टिमुरेमा कार्यरत २५ प्रहरीमध्ये १२ जना सम्पर्कमा आएका छन् । रसुवागढीमा कार्यरत ९ जनामध्ये एकजनामात्रै सम्पर्कमा आएका छन् । स्याफ्रुबेसीमा कार्यरत ९ जना मध्ये ४ जना सम्पर्कमा आएको अपडेटमा उल्लेख छ ।नुवाकोटको त्रिशुली बजारमा पानीको बहाव बढेको र नुवाकोट कारागारमा समेत पानी पसेको प्रहरीले जनाएको छ ।

धादिङको पृथ्वीराजमार्गस्थित महेसखोलामा डुवान भएको छ । बागमती प्रदेश प्रहरी गुल्म हेटौंडाबाट १०ः५५ बजेको समयमा एसएसपी पुरुषोतम सुवेदीको कमाण्डमा १५ जनाको टोली रसुवाको लागि प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार
अरु पनि पढ्नुहोस्