प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा वैठकमा कालोचश्मा लगाउनुपर्ने कारण खुलाएर संसद सचिवालयलाई पत्र पठाएका छन् । उनले चिकित्सकको रिपोर्टसहितको पत्र पठाएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
केही दिनअघि कार्यव्यवस्था समितिको वैठकमा सभामुख डिपी अर्यालले सांसदहरुलाई संसद वैठकमा आउँदा कालो चश्मा नलगाउन निर्देशन दिएका थिए । आँखाको समस्याका कारण लगाउनैपर्ने भएमा डाक्टरको रिपोर्ट पेश गर्नुपर्ने उनले भनेका थिए । त्यही बमोजिम प्रधानमन्त्री शाहले सचिवालयलाई पत्र पठाएका हुन् ।
प्रधानमन्त्री शाह भोलि संसद बैठकमा सहभागी हुने कार्यक्रम छ । उनले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनेछन् । बैठकमा प्रधानमन्त्री शाह कालो चश्मा लगाएरै आउने भएका छन् । आफूलाई आँखाको सुख्खापनका कारण उज्यालोमा हेर्न समस्या हुने भएकाले कालो चश्मा लगाउनुपरेको प्रधानमन्त्रीले पत्रमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्