२०८३ भदौ १० , बुधबार

गाउँपालिकाको भवनमा आगलागी



सुर्खेत —हुम्लाको ताजाकोट गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी भएकाे छ । गयराति करिब १ बजे लागेको आगो स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान ३ः४५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो। आगलागीबाट आर्थिक वर्ष २०७३/७४ देखि २०८१/८२ सम्मका लेखासम्बन्धी श्रेस्ता कागजात जलेर नष्ट भएका छन्।

आगोले स्टोरमा रहेका चारवटा काठका र्‍याक, एउटा सुत्ने खाट, एउटा टेबल र ब्याट्री–सोलारसमेत जलेर नष्टभएकाे प्रहरीले जनाएकाे छ । आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा विद्युत्को तार सर्ट भएर आगलागी भएको हुनसक्ने देखिए पनि घटनाको यकिन कारण खुल्न बाँकी छ।

प्रकाशित मिति : २०८३ भदौ ८ गते सोमबार
अरु पनि पढ्नुहोस्