राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरुसँग ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । विगतमा अरु नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भए पनि अब त्यस्तो ठाउँ रास्वपासँग नरहेको उनको भनाइ थियो ।
उनले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आउँदो पुस्ता र देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोडदिए । ३५ वर्षमा पुराना राजनीतिक दलहरुले गरेका सकारात्मक कामहरुप्रति धन्यवाद दिनुपर्ने उनले बताए । सभापति लामिछानेले सरकार मात्र बलियो नभई प्रतिपक्ष पनि बलियो रहेको र अब राजनीतिक संस्कृति देखाउन नेताहरूलाई आग्रह गरे । प्रतिपक्षले देशमा लोकतन्त्र स्थापनाका लागि ठूलो त्याग गरेको तर सुशासन ल्याउन नसकेकाले रास्वपाले सरकारको नेतृत्व गर्ने अवसर पाएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्