सप्तरीमा एक बालिका मृत भेटिएकी छिन् ।जिल्लाको शम्भुनाथ नगरपालिका३ ट्राफिक चौकमा दुई वर्षीया बालिका खुशी भनिने सानिया खातुन घरपछाडिको झाडीमा मृत फेला परेकी हुन्। मोहम्मद इरफानकी छोरी खुशी आज बिहानदेखि हराएकी थिइन्। परिवारजनले बालिका हराएको जानकारी प्रहरीलाई गराएपछि प्रहरीले खोजतलास थालेको थियो। खोजीका क्रममा उनी आफ्नै घरको पछाडिपट्टिको झाडीमा मृत अवस्थामा फेला परेकी हुन्।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले घरकै एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। स्रोतका अनुसार ती व्यक्तिको हाउभाउ तथा गतिविधि शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। बालिकाको मृत्यु कसरी भयो भन्ने विषय भने अझै खुलेको छैन। जिल्ला प्रहरी कार्यालय सप्तरीले घटनाबारे मुचुल्का तथा आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार

प्रतिक्रिया दिनुहोस्