रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ मध्यपहाडी लोकमार्गमा आज बिहान गाडीको ठक्करबाट आमाछोरीको मृत्यू भएको छ । मृत्यू हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
गम्भीर घाइते भएका आमाछोरीलाई सल्लेमा रहेको जिल्ला अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । ठक्कर दिने भे १ ज १४८२ नम्बरको गाडीका चालकलाई पक्राउ गरिएको समेत प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार

प्रतिक्रिया दिनुहोस्