सुर्खेतको बराहताल गाउँपालिकामा सडक निर्माणका क्रममा जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बराहताल गाउँपालिका–७ नयाँवनस्थित भित्री सडक खण्डमा बाटो सफा गर्ने क्रममा भे १ ग १२७ नम्बरको जेसिबी सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो।दुर्घटनामा परी जेसिबी चालक बराहताल गाउँपालिका–५ बस्ने ३३ वर्षीय रामप्रसाद लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ। बिहीबार दिउँसो करिब १:२० बजे दुर्घटना भएको खबर पाएलगत्तै प्रहरी चौकी बड्डिचौरबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।दुर्घटनामा गम्भीर घाइते भएका लामिछानेलाई टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा तत्काल उद्धार गरी कर्णाली प्रदेश अस्पताल कालागाउँ पठाइएको थियो। अस्पताल पुर्याएर ईसीजी गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रकाशित मिति : २०८३ भदौ ४ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्