सुर्खेतको बराहताल गाउँपालिका–७ नयाँवनमा सडक निर्माणका क्रममा जेसिवी मेसिन भिरबाट खस्दा चालक गम्भीर घाइते भएका छन्। बिहीबार दिउँसो नयाँवनस्थित भित्री सडकखण्डमा बाटो सफा गर्ने क्रममा भे १ ग १२७ नम्बरको जेसिवी सडकबाट करिब ३०० मिटर तल भिरमा खसेको हो।
दुर्घटनामा चालक बराहताल गाउँपालिका–५ निवासी करिब ३३ वर्षीय रामप्रसाद लामिछाने घाइते भएका छन्। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। गम्भीर अवस्थामा रहेका लामिछानेलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत ल्याईएकाे छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ भदौ ४ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्