२०८३ भदौ १० , बुधबार

राेल्पा पहिराेमा मृतकको संख्या ३ पुग्यो, बेपत्ता ९ जना अझै बेपत्ता



रोल्पामा पहिरोले पुरिंदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । ९ जना बेपत्ता भएका छन् भने २ जना घाइतेको उद्धार गरिएको छ । रोल्पाको थबाङ गाउँपालिका ५ बोटलबारामा बुधबार राति आठ बजेर ४० मिनेट जाँदा घरमाथिबाट पहिरो झरेको थियो । पहिरोमा कमलबहादुर पुनमगर लगायत ६ वटा घर गोठहरु पुरिएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाले दिएको जानकारी अनुसार पहिरोमा परेर थबाङ गाउँपालिका-५ का ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ती पुन मगर र ७१ वर्षीया मनरखी पुनमगरको मृत्यु भएको छ । पहिरोमा परेर २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् । प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी राखिएको छ । घाइतेहरुलाई उपचारका लागि बाहिर लैजाने तयारी गरिएको छ ।

बेपत्ता हुनेमा सोही ठाउँकी ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ७५ वर्षीय डलबहादुर पुनमगर, ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनी पुनमगर र ६७ वर्षीया हस्तकला रोकामगर रहेका छन् ।
पहिरोमा १० जना बेपत्ता भएकोमा एक जनाको शव फेला परेको र अन्य ९ जना बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । पहिरोको थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार
अरु पनि पढ्नुहोस्