२०८३ भदौ १० , बुधबार

स्वर्गीय प्रेमबहादुरको परिवारलाई ६ लाख ९३ हजारको बीमा सुविधा



सुर्खेत :  मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वर्गीय सदस्य प्रेमबहादुर परियारको परिवारलाई ६ लाख ९३ हजार ४ सय २० रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ । मातृभूमि लघुवित्तको अनुगमन कार्यालय भेरीगंगा सुर्खेतअन्तर्गत भेरीगंगा शाखाले भेरीगंगा नगरपालिका-१० मदानीचौरस्थित परियारको घरमै पुगेर बीमा सुविधाबापतको रकम परिवारलाई हस्तान्तरण गरेको हो।
भेरीगंगा शाखाको केन्द्र नं. ११७ का सदस्य रहेका परियारको निधनपछि संस्थाले बीमा सुविधाअन्तर्गत प्राप्त रकम परिवारलाई उपलब्ध गराएको जनाएको छ ।

रकम हस्तान्तरण कार्यक्रममा संस्थाका अनुगमन प्रमुख केशव राज शर्मा, शाखा प्रमुख याम कुमारी डि.सी., ईडीओ सागर खड्‌कालगायत कर्मचारी, वडा सदस्य गोपाल बनगाडी, टोल विकास समितिका अध्यक्ष दिलमाया वली र समाजसेवी डल्ली कुमारी सिंहको उपस्थिति थियो ।
कार्यक्रममा संस्थाका प्रतिनिधिले परियारको निधनप्रति दुःख व्यक्त गर्दै शोकमा रहेको परिवारलाई आर्थिक राहत पु¥याउने उद्देश्यले बीमा सुविधा उपलब्ध गराइएको बताए। सदस्य तथा उनीहरूका परिवारको सुख(दुःखमा साथ दिनु संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गतको प्राथमिकता रहेको उनीहरूको भनाइ थियो । बीमा सुविधाबाट प्राप्त रकमले परिवारलाई आर्थिक राहत पुग्ने विश्वास गरिएको छ । सदस्यको वित्तीय सुरक्षालाई ध्यानमा राख्दै मातृभूमि लघुवित्तले बीमा तथा सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार
अरु पनि पढ्नुहोस्