२०८३ भदौ १० , बुधबार

डोल्पामा इस्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु



डोल्पाको ठुलीभेरी नगरपालिका–२, लोचामा इस्काभेटर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएको छ। बुधबार बिहान करिब १०ः३० बजे दुनैबाट लोचागाउँतर्फ नयाँ सडक निर्माणका लागि ट्र्याक खोल्ने क्रममा इस्काभेटर सडकबाट करिब ६० मिटर तल खस्दा चालकको मृत्यु भएको हाे । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार  इस्काभेटर चालक  ठुलीभेरी नगरपालिका–६ काँडातालीका  ४२ वर्षीय मनवीर रोकाय गम्भीर घाइते भएका थिए।

घाइते राेकायलाइ स्थानीयको सहयोगमा उद्धार गरी बिहान करीब ११ः२० बजे जिल्ला अस्पताल दुनै पुर्‍याइएको थियो। अस्पतालका अनुसार रोकायको नाकबाट रगत बगेको तथा बायाँ खुट्टा र पेटमा चोट लागेको र उपचारकै क्रममा दिउँसो १ः२० बजे उनको मृत्यु भएको जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार
अरु पनि पढ्नुहोस्