२०८३ भदौ १२ , शुक्रबार

सर्पले टोकेर एक महिलाको मृत्यु



सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकामा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ।
चौकुने गाउँपालिका–१०, चालिखेकी ५८ वर्षीया देउमा कामीलाई बुधबार बिहान भाँडा माझ्ने क्रममा सर्पले दायाँ हातको चोर औँलामा टोकेको थियो।
सर्पले टोकेपछि उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ सुर्खेत ल्याइएको थियो। जिल्ला प्रहरी कमर्यालय सुर्खेतका अनुसार बिहान १०ः३५ बजे अस्पताल पुर्‍याइएकी उनलाई १०ः४० बजे चिकित्सकले जाँच गर्ने क्रममा मृत घोषणा गरेका हुन।

प्रकाशित मिति : २०८३ साउन २७ गते बुधबार
अरु पनि पढ्नुहोस्