२०८३ भदौ ११ , बिहीबार

सुर्खेत सहित ४० जिल्लामा बाढीको जोखिम, सतर्क रहन आग्रह



आज सुर्खेत सहित ४० जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले निकालेको बाढी पूर्वानुमान बुलेटिनअनुसार स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्न सक्ने र केही ठाउँमा आकस्मिक बाढीको जोखिम रहेको छ ।

सुर्खेत,दैलेख, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, बाँके, बर्दिया, कैलाली, बझाङ, दार्चुला र बैतडीझापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, संखुवासभा, सिन्धुपाल्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची, प्युठान, र रुकुम पूर्वमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज, भोलि र पर्सि प्रमुख नदीहरूमा जलसतह बढ्ने पूर्वानुमान छ । विशेषगरी वर्षाका कारण साना नदी तथा खोलामा बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८३ साउन २५ गते सोमबार
अरु पनि पढ्नुहोस्