२०८३ असोज २७ , मंगलबार

यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना




हाल देशभर मनसुनी वायुको प्रभाव रहेका कारण आइतबार बिहानै देखि कर्णाली,कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा पानी परिरहेको छ। दैलेखको लोहारे खोलामा पछिल्लो एक घन्टामा १३ मिलिमिटर वर्षा भएको छ। अन्यत्र छिटपुटदेखि हल्का वर्षा भएको छ।आइतबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको पानी र हिँउपर्ने सम्भावना छ।देशका पहाडी भू-भागका धेरै स्थानमा मध्यमसम्मको पानीपर्ने सम्भावना छ।कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली प्रदेशको पहाडी भू-भाग र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा दिउँसो भारी वर्षाको सम्भावना छ।राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका केही स्थानमा वर्षारहिमपातको सम्भावना छ।

 

प्रकाशित मिति : २०८३ साउन २४ गते आइतबार
अरु पनि पढ्नुहोस्