२०८३ वैशाख ५ , शनिबार

डोल्पामा फेरि हिमपात, जनजीवन प्रभावित



डोल्पा । हिमाली जिल्ला डोल्पामा फेरि हिमपात सुरु भएको छ ।

माथिल्लो डोल्पाका उच्च स्थानसहित जिल्लाका विभिन्न क्षेत्रमा बुधबार बिहानदेखि वर्षासFगै हिमपात सुरु भएको स्थानीयले बताएका छन् ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने शे-फोक्सुण्डो गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका‍लगायत तल्लो डोल्पाको जग्दुल्ला, काइके, मुड्केचुला गाउँपालिका र त्रिपुरासुन्दरी, ठूलीभेरी नगरपालिकाका उच्च स्थानमा हिमपात भइरहेको छ।

हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका र विपन्न वर्ग बढी प्रभावित भएका छन् ।

यद्यपि यो सिजनको दोश्रो पटकको वर्षा र हिमपातले गहुँ, जौलगायत हिउँदे बालीलाई फाइदा पुग्ने भएकाले किसानहरू भने राहत महसुस गरिरहेका छन् ।

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, स्वास्थ्य सेवा, पर्यटन तथा हवाई र सडक यातायातमा प्रभाव परेको त्रिपुरासुन्दरी-१ का जुनबहादुर सार्कीले बताए ।

प्रकाशित मिति : २०८२ माघ १४ गते बुधबार
अरु पनि पढ्नुहोस्