सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५, कालिकाटोलबाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार बिहान करिब १२ बजे वीरेन्द्रनगर–५ कालिकाटोल बस्ने ३० वर्षीय प्रकाश कडेललाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा कडेलको कोठाबाट १ पोका र ९ पुडियामा राखिएको ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ शुद्ध तौल १० ग्राम ६५० मिलिग्राम बरामद गरेको हो ।बरामद गरिएको लागुऔषधसहित कडेललाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ साउन १७ गते आइतबार

प्रतिक्रिया दिनुहोस्