२०८३ भदौ ११ , बिहीबार

कर्णालीको मुख्यमन्त्रीमा शाही नियुक्त



सुर्खेत । मुगुका मंगलबार बहादुर शाही कर्णाली प्रदेशकाे पाँचाैँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
नेपाली कम्न्यूष्ट पार्टि (नेकपा)का कर्णाली प्रदेश संसदीय दलका नेता शाहीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन ।
प्रदेशसभाका ४० मध्य सांसद मध्य उनलाई मुख्यमन्त्रीका लागि नेकपाका १४ र एमालेका १० जना सांसदको समर्थन छ । शाहीले मंगलबार नै मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दाबि पेश गरेका थिए ।

नेकपा एमालेका नेता यामलाल कँडेलले गएको शनिबार मुख्यमन्त्रीको पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया अगाडी बढेको थियो ।
शाही २०७९ सालको प्रदेशसभा निर्वाचनमा मुगु ख बाट निर्वाचित भएका हुन । उनले २०४५ मा अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि नेकपा एमाले हुँदै जनयुद्धकालमा तत्कालीन माओवादी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै जिल्ला सचिव, जिल्ला इन्चार्ज र पछि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति सदस्यसम्मको जिम्मेवारी सम्हालि सकेका छन्।

उनले कर्णाली प्रदेश सरकारमा उनले मुख्यमन्त्री यामलाल कंडेलकाे पहिलाे चार महिने कार्यकालमा भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

नवनियुक्त मुख्यमन्त्री शाहीको सपथग्रहण बुधबार हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन १२ गते मंगलबार
अरु पनि पढ्नुहोस्