२०८३ असार २ , मंगलबार

रास्वपा कर्णालीको सभापतीमा खड्का निर्वाचित




सुर्खेत ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश सभापतिमा मदन खड्का दोहोरिएका छन ।
सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार सम्पन्न रास्वपा कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट खड्का पुनः सभापति चयन भएका हुन्।

आइतबारदेखि सुरु भएको अधिवेशनमा मंगलबार मतदान भएको थियो । खड्काले सभापतिका लागि अरु उम्मेदवार स्नेहा उपाध्याय र नन्दकिशोर बस्नेतलाई भारी मतान्तरले पछि पारेका छन ।
खड्काले २८८ मत प्राप्त गरी सभापति चुनिँदा अर्का उम्मेदवार उपाध्ययले ६३ पाईन्। बस्नेतले ३५ मत प्राप्त गरे।

प्रकाशित मिति : २०८३ असार २ गते मंगलबार
अरु पनि पढ्नुहोस्