
काठमाडौं : भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भनिएको विषय प्रतिनिधिसभामा उठेको छ।
नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद् बैठकमा दार्चुला क्षेत्र हुँदै भारतीय सेनाको हेलिकप्टर उडेको र त्यसमा भारतीय सेनाका उच्च अधिकारी सवार रहेको जानकारी आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले उक्त हेलिकप्टरले नेपाली हवाई क्षेत्र प्रयोग गरेको विषयमा सत्यतथ्य सार्वजनिक गर्न तथा आवश्यक जानकारी दिन सरकारसँग जवाफ माग गरेका छन्।
प्रकाशित मिति : २०८३ असार १ गते सोमबार
प्रतिक्रिया दिनुहोस्