
सुर्खेत : वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आइतबार राति करिब ८ः५५ बजे वीरेन्द्रनगर नगरपालिका–१२ स्थित बटाला चोक नजिकै नेवारेबाट पिपिरा तर्फ जाँदै गरेको भे ७ प ४५७८ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ हिँडिरहेकी पैदलयात्री बिमला विकलाई ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक वीरेन्द्रनगर–११ गाग्रेतालका ४५ वर्षीय राजन सुवेदी र पैदलयात्री वीरेन्द्रनगर–१२ पदमपुरकी अञ्जादी ४३ वर्षीया बिमला विक गम्भीर घाइते भएका छन्। चालक सुवेदीको मुख तथा अनुहारमा चोट लागेको छ भने विकको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
दुवै घाइतेलाई तत्काल उपचारका लागि खजुरास्थित ट्रमा केयर अस्पताल पुर्याइएको छ। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले बताइएको छ। मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको ।
प्रकाशित मिति : २०८३ जेठ ३१ गते आइतबार
प्रतिक्रिया दिनुहोस्