
सुर्खेत : बैंकिङ कसुर मुद्दामा अनुसन्धानका क्रममा फरार रहेकी एक महिलालाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ ।
दैलेखको नौमुले गाउँपालिका–८ घर भई हाल सुर्खेतको पञ्चपुरी नगरपालिका–३ पलैटेमा बस्दै आएकी ३९ वर्षीया कमला कुमारी शाहीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बैंकिङ कसुर मुद्दामा अनुसन्धान भइरहेको अवस्थामा फरार रहेकी शाही प्रेमबहादुर शाहीको घरमा लुकीछिपी बसिरहेको सूचनाका आधारमा प्रहरी निरीक्षक जनक जैसीको कमाण्डमा खटिएको टोलीले शुक्रबार राति करिब ८ः३० बजे पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरमा राखिएको थियो ।
पक्राउ परेकी शाहीलाई आइतबार बिहान प्रहरी सहायक हवल्दार देवराज गिरीको जिम्मा लगाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन प्रहरी वृत्त सातदोबाटो, ललितपुर पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बैंकिङ कसुर सम्बन्धी मुद्दामा अनुसन्धान तथा थप कारबाही सातदोबाटो वृत्तमार्फत अघि बढाइनेछ।
प्रकाशित मिति : २०८३ जेठ ३१ गते आइतबार
प्रतिक्रिया दिनुहोस्