२०८३ असार १ , सोमबार

कर्णालीले रिटेन गर्यो मार्की सोमपालसहित ७ खेलाडी



काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसहित ७ जना खेलाडीलाई रिटेन गरेको छ।

कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दिपक प्रसाद डुम्रे, पवन सर्राफ, युनिस विक्रम सिंह ठकुरी र युवराज खत्रीलाई तेस्रो सिजनका लागि रिटेन गरेको हो। ७ खेलाडीलाई रिटेन गर्दा कर्णाली याक्सले ५ खिलाडीलाई रिलिज गरेको छ। कर्णाली एक्सले अर्जुन घर्ती, दिपेन्द्र रावत, विपिन प्रसाद शर्मा, मनिष थापा र इमरान शेखलाई तेस्रो सिजनको लागि रिलिज गरेको हो।
यसअघि एनपीएलको तेस्रो सिजनका लागि जनकपुर बोल्ट्सले ५ जना र चितवन राइनोजले ७ जना खेलाडीको रिटेन लिस्ट सार्वजनिक गरिसकेका छन्।

प्रकाशित मिति : २०८३ जेठ ३१ गते आइतबार
अरु पनि पढ्नुहोस्