
सुर्खेत । सिद्धार्थ होटलको २८ औँ स्थापना दिवसको अवसरमा सुर्खेतको प्रमुख पर्यटकीय स्थल काँक्रेविहार क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
साकारसँगकाे सहकार्यमा सिद्धार्थ शनि रिसोर्ट सुर्खेतमा कार्यरत कर्मचारीहरुकाे सहभागितामा आज विहान काँक्रेविहार मन्दिर हाता भित्रकाे क्षेत्रमा सरसफाइ गरिएकाे हाे । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको काँक्रेविहारलाई सफा र आकर्षक बनाउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ कार्यक्रम आयोजना गरिएको सुर्खेतका अपरेशन म्यानेजर कृष्ण राम तिमल्सेनाले बताए । उनले पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले होटलले यस किसिमका सामाजिक गतिविधिलाई निरन्तरता दिँदै आएको बताए ।
कार्यक्रममा होटलका कर्मचारीहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०८२ माघ २१ गते बुधबार
प्रतिक्रिया दिनुहोस्